arrow

पत्रकारलाई माधव नेपालको सुझाव: जाडरक्सी खाँदै नखानुहोस, विकृति विरुद्ध लाग्नुहोस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
madhav-kumar-nepal-ncp-socialist.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पत्रकारलाई रक्सी नखान आग्रह गरेका छन् । समाजका विकृति विरुद्ध लाग्न सुझाव दिंदै नेपालले जाँडरक्सी नखान भनेका हुन् ।

पार्टीनिकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले जाँडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन आग्रह गरेका हुन् ।

उनले लेखन, भाषण र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारलाई आग्रह गर्दै मदिरा सेवनका कारण पनि समाजमा विकृत बढेकाले त्यसका विरुद्ध लाग्न निर्देशन दिए । विशेष गरेर घरेलु हिंसा घटना मदिरा सेवनकै कारण भइरहेको कारण रक्सी नखान उनको सुझाव थियो ।

‘साँझ पर्न पाएको छैन, गर्मी महीनामा साढे ७ बजे, जाडो महीनामा साढे ५ बजे होटलका कोठा भरिभराउ हुन्छन्। टेबुलभरीमा बोतलै बोतल देखिन्छन्, गिलास ठोकाठोक भइरहेको हुन्छन्, गर्मागर्मी चर्काचर्की हुन्छन्, अनि घरमा गएर झगडा गर्छन् र परिवारमा समस्या खडा हुन्छ,’ उनले भने ।

उनले भने,‘राम्रो चिज खानुस्, स्वास्थ्य राम्रो बनाउनुस्, दिमाग तिखो बनाउनुस् र राम्रो काम गर्नुस्, व्यवसाय चल्दैन कि चिन्ता नगर्नुस्। रक्सी उद्योग बन्द हुन्छ कि भन्ने चिन्ता नगर्नुस्।’

अध्यक्ष नेपालले रक्सीले मान्छेको स्वास्थ्य खतम पार्ने, आयु घटाउने र रोग निम्त्याउने भन्दै जाँड रक्सी खायो भने प्रतिष्ठा बढ्छ भन्ने नठान्न पनि भने । आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गर्दै विकृति र विसंगतीविरुद्ध एकजुट हुन आब्हान गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ