arrow

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
pakrau-money-couda.jpg

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंको बुढानिलकन्ठ नगरपालिका-११ पौटार गौरिगाउँबाट आठ जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले जुवातास खेलिरहेको अवस्थामा ५ लाख ११ हजार ५ सय सहित ८ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता रमेश कुमार वस्नेतका अनुसार पौटार गौरिगाँउस्थित नवराज पौडेलको ६ रोपनी जग्गा भाडामा लिई  टहरा वनाई तरकारी खेती गर्ने स्थानमा करिब ३५ का सुमन खडकाले पैसाको हार जित हुने गरी कौडा खेलाई रहेको भन्ने  विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको शरीर तथा घरकोठा खानतलासी गर्दा कौडा खालबाट ५ लाख ११ हजार ५ सय सहित नगद रकम समेत बरामद गरि थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ