arrow

ठुलो परिमाणमा गाँजा बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
gaja-rautahat.JPG

रौतहट । रौतहट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रवार बिहान १८६ किलो लागु औषध गाँजा फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण चिमोरियाले जानकारी दिए । 

ना.६ ख-५९४३ नं.को आईचर ट्रक चेकजाँच गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेको चिमोरियाले बताए। आईचर ट्रकको चेसिसको भागमा फल्स बटम बनाई प्लास्टिकले वेरेको १२ पोका १८६ किलो लागु औषध गाँजा राखिएको उनले बताए । 

पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं.१२ बस्ने २५ वर्षका ट्रक चालक सुरेन्द्र गोले र १९ वर्षका रित्तम तामाङ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ