अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारमा ११ वर्षको जेल सजाय
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
782
Shares
काठमाडौं। म्यानमारको फ्रन्टियर म्यानमार म्यागेजिनका प्रबन्धक सम्पादक अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई सैन्य कब्जामा रहेको म्यानमारको अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ ।
गत मेमा याङ्गुनको विमानस्थलबाट पक्राउ गरिएका फेन्स्टरलाई विभिन्न ३ आरोपमा दोषी ठहर गराइएको छ । यस हप्तामात्रै उनीमाथि आतंकवादको आरोप समेत लागेको थियो ।