arrow

नेपालगन्ज नाकाबाट यातायातका कर्मचारी लागूऔषधसहित पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
nepaljunge-naka.jpg

नेपालगन्ज । नेपालगन्जको सिमा नाका जमुनाहबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोली र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले रुपईडिहाबाट नेपालगन्ज तर्फ आइरहेका बिरेन्द्रनगर ३ तातोपानी सुर्खेतका ३४ बर्षीय बबिन शाहीलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

शंकासपद तरिकाले हिडिरहेको अवस्थामा चेक जाँचको क्रममा प्रहरीले बिहीबार  साँझ पौने ५ बजे शाहीको साथबाट रियल जुसको बोतलमा  २ हजार मिलीलीटर कोरेक्स र १५ टयाब्लेट नाइत्रोभेट लागूऔषध राखेर ल्याउदै गरेको अवस्थामा फेला पारेको हो।

पक्राउ परेका शाहीको साथबाट मध्य पश्चिम् यातायात सेवा  सुर्खेत  प्रालिको बुकिङ कर्मचारी लेखिएको परिचय पत्र समेत बरामद भएको जनाएको छ। शाहीलाई हिरासतमा राखेर अनुसन्धान थालिएको बाँके प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ