arrow

भारतीय दूतावासको पहलमा पशुपतिनाथ-काशीसम्म मोटरसाइकल र्‍यालीको शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
nepal-india-bike3.jpeg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आले र भारतीय राजदूत विनय मोहन क्वात्राले  ‘पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को उद्घाटन गरेका छन् ।

बिहीबार काठमाडौंमा शुभारम्भ गरिएको उक्त र्‍यालीमा ५० नेपाली तथा भारतीय मोटरसाइकलप्रेमीको सहभागिता रहेको थियो । सो अवसरमा मन्त्री आलेले पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथ गरी उक्त चार धामलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्न सकिनेमा जोड दिए ।

जसका कारण संसारभरिका हिन्दु धर्मावलम्वीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने यसले धार्मिक आस्था बढेर जानुका साथै धार्मिक पर्यटनमा पनि टेवा पुग्ने उनको भनाइ थियो । आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा समेत प्रष्ट पारेका थिए ।

साथै मोटरसाइकल र्‍यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिएका थिए । त्यस्तै भारतीय राजदूत क्वात्राले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिका बारे बताए ।

र्‍यालीमा सहभागि युवाहरु भारतको काशी विश्वनाथसम्मको झन्डै नौं सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ। कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्ने कार्यक्रम छ ।

यात्राका क्रममा र्‍याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्ने भारतीय दूतावासले जनाएको छ ।

स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा र्‍यालीको आयोजना गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ