प्रधानन्यायाधीश जबराले तोके नौं इजलास, बार एशोसिएसन थप आक्रमक
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
351
Shares
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्बोच्च अदालतमा विहीबारका लागि नौं इजलास तोकेका छन् । एक सय ७७ मुद्दाको पेशी तोकिएको छ।
जसमा प्रधानन्यायाधीश जबराको एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास छन्।
आन्दोलनमा रहेका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्ने अडानमा छन् । त्यस्तै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न चेतावनी दिंदै आएको छ ।
बारले जबराको राजीनामा माग्दै धर्नालाई निरन्तरता दिंदै आन्दोलनलाई थप आक्रामक बनाएको छ। बारकै आग्रहमा कानुन व्यवसायीले दुई घण्टा बहस नगर्ने घोषणा गरेका छन् ।