गठबन्धन सरकारले नै सबै निर्वाचन गराउँछ : नेता नेपाल
टेकराज अवस्थी,
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
696
Shares
डडेलधुरा । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचन सम्म पाँच दलीय गठबन्धन रहने बताएका छन्।पार्टी विभाजन पछि पहिलो पटक जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न डडेलधुरा पुगेका अध्यक्ष नेपालले गठबन्धन सरकारले नै सबै निर्वाचन गराउने बताए उनले भने,'आगामी निर्वाचन अहिलेकै पाँच दलीय गठबन्धनमै मिलेर लड्ने हो ।'
देशमा समता मुलुक समाज स्थापना गर्ने उद्देश्यले पाँच दलीय गठबन्धन भएको र यही गठवन्धन सामाजिक न्याय दिने जिकिर पनि गरे ।
कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले डडेलधुरामा आफ्नै कार्यकालमा विमानस्थलको काम सुरु हुने भन्दै सुदूरपश्चिम प्रदेशमा रहेका अन्य विमानस्थलहरूको पनि स्तरोन्नतिका लागि तत्काल काम अगाडि बढाउने बताए ।