arrow

डीएसपी भारतीको दादागिरी : लेनदेनको मुद्दा दर्ता गर्न गएकालाई यौनाङ्गको संकेत गर्दै थर्काए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
dipak-bharati-final.jpg

काठमाडौं। महानगरीय प्रहरी परिसर ललितपुरका एक जना डीएसपीले लेनदेनको मुद्दा दर्ता गर्न पुगेका एक सेवाग्राहीलाई यौनाङ्गको संकेत देखाउँदै थर्काएका छन्।

ललितपुर परिसरका मुद्धा शाखाका डीएसपी दिपक भारतीले लेनदेनको मुद्दा दर्ता गर्न परिसर पुगेका दिपकप्रसाद न्यौपानेलाई सो व्यवहार देखाएको न्यौपानेको दाबी छ।

न्यौपाने रुकमिणी रेग्मी नाम गरेको महिलाबाट लेनदेनमा पीडीत बनेको भन्दै ललितपुर परिसरमा उजुरीका लागि गएका थिए। ति महिलाले पटक पटक गरी आफूबाट ६ लाख लिएको तर फिर्ता नगरेको भन्दै उनले प्रहरीमा उजुरी गर्न गएको बताएका छन्।

ति महिलाले आफूबाट ६ लाख लिएको र रकम माग्दा ६० लाखको चेक दिएको तर सो चेक नविल बैंक जोरपाटी शाखाबाट साट्न खोज्दा खातामा रकम नभएको भनी फर्काएको र बाउन्स गराएर आफू प्रहरीमा गएको न्यौपानेले भनेका छन्।

तर प्रहरीले भने रेग्मीले उल्टै आफूलाई गाली बेइजती गरेको भनी प्रहरीमा उजुरी दिएपछि रेग्मीको उजुरीका आधारमा प्रहरीले चेक खोसेर किर्ते गरेको भनी टर्चर दिएको न्यौपाने बताउँछन्।

न्यौपानेले ति भारती थरका डीएसपीको व्यवहारविरुद्ध आफू प्रहरी महानीरिक्षक र महानीरिक्षकको सचिवालयमासमेत पुगेर गुनासो गर्दा पनि डीएसपी भारतीले आफू माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको ज्वाइ पर्ने भन्दै थर्काएको उनको गुनासो छ।

तर डीएसपी भारतीले भने सो विषय लिएर मुद्दा दर्ता गर्न परिसरमा कोही व्यक्ति नआएको बताए। उनले प्रहरीमा उजुरी लिएर कोही आए आफुले गुनासो सुनुवाइ नगरे उपल्लो निकायमा गएर गुनासो गर्ने ठाउँ रहेकोसमेत बताए।

‘त्यो विषयमा मुद्दा दर्ता गर्ने हिसाबले कोही आउनु भएको छैन, मलाइ त्यसरी कोही आएको जानकारी पनि छैन, मबाट मुद्दा दर्ता नगर्ने अवस्था आए म भन्दा माथि गुनासो गर्ने निकाय छ, त्यहाँ पनि जान सकिन्छ, यो सत्य होइन, उहाँहरु मलाई भेट्न आए हुन्छ,’डीएसपी भारतीले हाम्राकुरासँग भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ