arrow

'एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सङ्कल्प लिएको छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएको बताएका छन् । छठको शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीले भनेका छन् 'एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएको छ । सोही सङ्कल्पअनुरूप यसअघि हाम्रो नेतृत्वको सरकारले जन निर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व गर्‍यो ।'

ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरूले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पनि बताएका छन् । 

राजनीतिक तथा सामाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरूलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्नसमेत उनले आग्रह गरेका छन् । उनले सन्देश भनेका छन्, 'हामीले सिङ्गो देशलाई नयाँ संविधानअनुरूपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौँ । समृद्धिको अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा सामाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरूलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्नसमेत म सबैमा आह्वान गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ