arrow

धादिङमा सक्रिय सुरबी फाउन्डेसनले वितरण गर्यो शैक्षिक सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
suravvee.jpg

काठमाडौं । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय सुरबी फाउन्डेसनले धादिङमा शैक्षिक सामग्री वितरण गरेको छ ।

फाउन्डेसनका अध्यक्ष कविन शाक्यको अगुवाइमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ स्थित वाल बच्छाला आधारभूत विद्यालयमा पुगेर कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

शैक्षिक सामग्रीका रुपमा कपि कलम र न्यानो कपडा वितरण गरिएको अध्यक्ष शाक्यले जानकारी दिए ।फाउन्डेसनले यसअघि पनि गजुरी गाउँपालिकाको गजुरी सामुदायिक विकास समाजलाई खेलकुद सामाग्री प्रदान गरेको थियो ।

खेलकुदको विकास र खेल क्षेत्रमा सक्रिय युवाहरुलाई लक्षित गरी समाजका अध्यक्ष कवि बर्तौलालाई फुटबल, भलिवल, ब्याटमिन्टनलगायतका आवश्यक खेल सामाग्री सुरबी फाउन्डेसनका अध्यक्ष शाक्यले हस्तान्तरण गरेका थिए ।

त्यस्तै यसअघि फाउन्डेसनले नै गजुरी गाउँपालिका-१ निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न १ सय ११ परिवारलाई राहत स्वरुप चामल, दाल, तेल, नुन, माक्सलगायतका सामाग्री वितरण गरेको थियो । त्यस्तै गजुरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन र महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण पनि गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ