arrow

माधव नेपालको चाहनाः चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून् 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
madhav-kumar-nepal-ncp-socialist.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तिहार र  नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गरेका छन् । 

यस वर्षको तिहार र नेपाल संवत्का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाएका छन् । 
पूर्वप्रधानमन्त्री नेपालले तिहार र नेपाल संवत्ले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एकापसको सम्मान एवं एकतामा जोड दिएको उल्लेख गरेका छन् । 

यी चाडपर्वले समाजलाई सहअस्तित्व सहितको असल बाटामा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गरून् भन्दै अध्यक्ष नेपालले सबैमा शुभकामना व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ