राखेपको सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
1.3k
Shares
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्री स्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहचल) सदस्य रहने गरी समिति गठन गरिएको हो ।
यसअघि मङ्गलवार बसेको मन्त्री स्तरीय बैठकले अर्को व्यवस्था नहुँदा सम्मको लागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको थियो ।