arrow

बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

logo
विवेक मिश्र,
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
belbaricup-final-himalayan.JPG

मोरङ ।  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पा क्लबले उचालेको छ । 

बुधबार भएको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ)काठमाडौंलाई ३-१ को गोल अन्तरले हिमालयन शेर्पाले उपाधि रक्षा गरेको हो । 

खेल सुरु भएको ५ मिनेटमा हिमालयन शेर्पाका एन्जल गुरुङले गोल गर्दै अग्रता कायम गरे पनि ४३ मिनेटमा एपीएफका रबी थिङ्ले गोल गर्दै टिमलाई बराबरीमा उभ्याए। 

पहिलो हाफमा रक्षात्मक देखिएको एपीएफ दोस्रो हाफमा भने कमजोर देखियो । खेलको ७१ मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी मुटुम्बाले र ८९ मिनेटमा सुरेश कुमालले १/१ गोल गर्दै टिमलाई विजयी बनायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ