arrow

राखेप सदस्य सचिवमा विष्णु ढकाल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
Rakhepa-FNL.jpg.jpeg

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा जिम्मेवारी विष्णु कुमार ढकाललाई दिइएको छ। 

युवा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए । 

युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजको अध्यक्षतामा कार्त्तिक १६ गते  (मङ्गलवार) बसेको मन्त्री स्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को व्यवस्था नहुँदा सम्मको लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिइएको पोखरेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ