arrow

पोखरामा डेढ लाख रकमसहित ६ जना जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
Pakrau.jpg

पोखरा । कास्की प्रहरीले ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । पोखरा १४ चाउथेबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट एक लाख ५६ हजार ३९५ रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डिएसपी हमालले बताए । 

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन तीन (३) म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । 

नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरणः

१. पाल्पा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० नहरचोक बस्ने वर्ष ३२ का विदबहादुर दंगाला ।

२. पर्वत स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने वर्ष ६० का लोकबहादुर क्षेत्री ।

३. बाग्लुङ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० अन्नपूर्ण टोल बस्ने वर्ष ३० को विष्णु वि.क.।

४. मकवानपुर घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० नहरचोक बस्ने वर्ष २९ का मधु वि.क.।

५. बारा घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० नहरचोक बस्ने वर्ष ४० का अब्दुल मनान ।

५. भारत घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने वर्ष २५ का इम्तिहाज आलम ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ