एजेन्सी । बलिउडका दबंग सलमान खानको लागि अबको एक दिन सबैभन्दा तनाबको समय रहनेछ । भारतको सर्वोच्च अदालतले कालो हरिण मारेको आरोपमा २५ जुलाईमा निर्णय सुनदैछ । जस पश्चात सलमान जेल जाने वा उनले माफि पाउने सो कुराको तय हुनेछ ।
२५ जुलाईमा सलमान खान बिरुद्ध हरिण शिकारको अभियोगमा दुई फरक-फरक प्रकरणको फैसला हुने भएको हो । फैसला राजस्थान हाईकोर्टले सुनाउने छ , मे महिनाको अन्तिम साता सो बिषयमा बहस पुरा भएको थियो साथै न्यायाधीशले आफ्नो फैसला सुरक्षित रखेका छन् ।
सलमानले भारतको तल्लो अदालतमा एक वा पाँच बर्षको सजायलाई चुनौती दिएका छन् । राज्य सरकारले सुनाएको उक्त सजाय माथि सलमानले असन्तुष्ट जनाउदै अपील गरेका थिए ।
यदि हाइकोर्टले सलमानलाई सुनाइएको पाँच बर्षको सजायलाई बदर नगरेमा सलमान एक पटक पुन जोधपुर जेल जानु पर्नेछ । दुवै आरवपमा ट्रायल कोर्टको तर्फबाट दोषी करार दिएपछि सेशन कोर्टले पनि सलमानलाई सजाय सुनाएको थियो ।