arrow

प्रधानन्यायाधीशविरुद्धको धर्ना दोस्रो दिन

प्रधानन्यायाधीशले राजीनामाको फैसला गर्छन : पूर्व महान्यायाधिवक्ता कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
bar.jpg

काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले आज पनि आन्दोलन जारी राखेका छन्।

नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा आन्दोलनको दोस्रो दिन अन्तर्गत आज पनि धर्ना जारी राखेका हुन्। धर्नामा कानुन व्यवसायीहरू कालोपट्टी बाँधेर उपस्थित भएका थिए।

धर्नापछिको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताए।

उनले प्रधानन्यायाधीशले सोमबारबाट बेन्चमा नबसेको प्रति धन्यवादसमेत दिए।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व महान्यायधिवक्ता बद्रीबहादुर कार्कीले अदालतका आदेशबाट धेरै विषयमा न्याय दिएर फैसला सुनाएका प्रधानन्यायाधीशले आफूले पनि देशलाई न्याय गर्दै आफ्नो राजीनामाको फैसला गर्ने बताए।

आइतबारबाट बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा नेपाल बार एसोसिएसनको अगुवाइमा विरोध कार्यक्रम सुरु गरिएको थियो । १६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय बारको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ