केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको मरुवारासीका ११ सय बिरामी लाभान्वित
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
846
Shares
ललितपुर। काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको गोदावारी नगरपालिका–१३ मरुवारासीका १ हजार १ सय ६३ बिरामी लाभान्वित भएका छन्। गोदावारी नरपालिका १३ नं. वडा कार्यालयसँग सहकार्य गरेर केएमसीले आइतबार मरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो।
शिविरमा २०२ जनाको भिडियो एक्सरे, १९८ जनाको रक्त परीक्षण र १५३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए। शिविरमा ५५ जनाको दाँत खोलिएको छ। त्यस्तै, शिविरमा उपचार सम्भव नभएका ६६ बिरामीलाई अस्पताल रेफर गरिएको छ।
यसअघि केएमसीले ललितपुरको गोदावारीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा १ हजार ५ सय ८७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। विपन्न बिरामीलाई लक्षित गरी केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।