arrow

बार एसोसिएसनको आन्दोलनकैबीच प्रधानन्यायाधीश जबराले आइतबारको पेसी तोके

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
supreme-court-long.jpg

काठमाडौं । राजीनामा दिनुपर्ने दबाबमा रहेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारको पेसी तोकेका छन् ।

जबराको भूमिकाप्रति असन्तुष्ट रहेका सर्वोच्चका न्यायाधीशहरु भावी रणनीतिबारे ठोस निर्णय लिन बैठक बसिरहेका बेला जबराले आफूसहितको १२ वटा इजलास तोकेका हुन् ।

जबराले अन्य न्यायाधीशहरुका लागि सात वटा संयुक्त इजलासमा पेसी तोकेका छन् । दुई वटा पूर्ण इजलाससमेत तोकेका हुन् ।

यता, सर्वोच्चका २० न्यायाधीशमध्ये १८ जना जबराविरोधी कित्तामा उभिएका छन् । न्यायाधीशहरुले मार्गप्रशस्त गर्न आग्रह गरे पनि जबरा राजीनामा नदिने अडानमा छन् ।

त्यस्तै राजीनामाका लागि प्रधानन्यायाधीशलाई ५ दिनको अल्टिमेटम दिएको कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबार हातमा कालोपट्टी बाँधेर सर्वोच्चमा एक घण्टा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ