arrow

‘गुलाव स्वीट्स’ का मिठाइ खाद्य सुरक्षाका हिसाबले गम्भीर, महानगरले गर्‍यो २ लाख जरिवाना 

मिठाइ बनाउन म्याद सकिएका रङ्गको प्रयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
gulab.jpg

काठमाडौं। ‘गुलाब स्वीट्स’ सुन्धारामा मिठाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ म्याद गुज्रिएको तथा खाद्य सुरक्षाका हिसाबले असुरक्षित रहेको पाइएको छ। सालिमार हस्पिटालिटी एण्ड फुड प्रा. लि. का नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा विक्री हुँदै आएको छ।

शुक्रवार काठमाडौं महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको गरेको अनुगमनका क्रममा सुन्धारास्थित ‘गुलाब स्वीट्स’ मिठाइ पसलको भान्छामा म्याद सकिएका रङ्, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय विक्री गरेको पाइएको हो।

अनुगमनका क्रममा कैफियत पाइएपछि महानगरपालिकाले सो मिठाइ पसललाई लाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

यस अघि अनुगमन टोलीले नयाँ सडकमा रहेको पसलको पनि निरीक्षण गरेको थियो। त्यस क्रममा उत्पादन मिति उल्लेख नभएका चिउराका बोराहरू फेला पारेको थियो।

निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले अनुचित व्यापारिक क्रियाकलाप भएकोले जरिवाना तिराइएको जानकारी दिए। 
उनले यसअघि दिइएका निर्देशनको पालना गर्ने वा त्यसका लागि तत्परता नदेखिएपछि जरिवाना तिराएको बताए।

यस अघि ०७६ कार्तिक ८ गते महानगरले गलत भएका विषयलाई देखाउँदै सुधार गर्न भनेको थियो। त्यसबेलासमेत महानगरले धेरै विषयमा कैफियत फेला पारेको थियो।

गुलाबमा भेटिएका सामाग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पुर्‍याउन सक्ने खालको रहेको अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाले जानकारी दिए।

उनले यस्ता कारबाहीलाई साङ्केतिक मान्नु पर्ने भन्दै  यस्ता कार्य गर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याएसम्म उपभोक्ताहरू ठगिने क्रम नरोकिने बताए।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले एक दुईबाहेक अरूको मिठाई उत्पादनको चक्रमा कतै न कतै समस्या भेटिने अवस्था रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ