arrow

फेसबुकको कागजात बाहिरिएको 'काण्ड'मा बोले मार्क जुकरबर्ग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
mark-zuckerberg.jpg

काठमाडौँ । फेसबुकको लिक भएका आन्तरिक कागजातको विषयमा कम्पनीका सिइओ मार्क जुकरवर्ग बोलेका छन् । त्रैमासिक आम्दानी सार्वजनिक गर्ने क्रममा सिइओ जुकरवर्गले कम्पनीमाथि अनेकौँ झुटा आरोप लगाउन खोजिएको बताएका छन् ।

'राम्रो तरिकाले गरिएको आलोचनाले हामीलाई अझ राम्रो बनाउन मद्दत गर्छ, तर मेरो विचारमा कम्पनीका आन्तरिक कागजातको प्रयोग गरेर संयुक्त रूपमा हाम्रो कम्पनीको बदनाम गर्न खोजियो,' जुकरवर्गले भने ।

'वास्तविकता यो हो कि हामीसँग खुला संस्कृति छ , जसले छलफल र अनुसन्धान गरेर सबैसँग सरोकार राख्ने जटिल समस्याहरूको समाधान गर्न मद्दत गर्छ,' जुकरवर्गले भनेका छन् । 

केही साता अघि फेसबुककी पूर्व प्रडक्ट म्यानेजर ३७ वर्षीय फ्रान्सिस हुगेनले वाल स्ट्रिट जर्नललाई कम्पनीका विभिन्न कागजात उपलब्ध गराएकी थिइन् । जसले अमेरिका देखि बेलायती संसद्मा समेत फेसबुकको विषयलाई लिएर ठुलो आलोचना भएको थियो ।

फेसबुक बालबालिकादेखि लोकतन्त्रसम्मका लागि खतरा भएको निष्कर्ष फ्रान्सिस हुगेनले बताएकी थिइन् । कम्पनीले आफ्ना कारण बालबालिकामा असर पर्ने भएको थाहा पाउँदा पनि सुधार गर्न नचाहेको हुगेनको भनाइ थियो ।

कम्पनीको १७ वर्षे इतिहासमा याे सबैभन्दा ठुलो 'क्राइसिस' थियो ।

यो सबका बिच फेसबुकको नाफा भने बढेको छ । पछिल्लो त्रैमासिकमा फेसबुकले ३९ अर्ब अमेरिकी डलर राजस्व सङ्कलन गरेको छ । जुन गत वर्षको यसै समयावधि भन्दा झन्डै ३५ प्रतिशतले बढी हो ।

यस्तै ९.२ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । जुन गत वर्षको यसै समयावधि भन्दा १७ प्रतिशतले बढी हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ