arrow

ज्यान मुद्दाका फरार अपराधी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
Arrest-Crime.jpg

कञ्चनपुर । ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शाहीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०७६ माघ १२ को फैसलाअनुसार शाहीलाई छ महिना कैद र रु २० हजार जरिवाना ठहर गरेको थियो । अदालतबाट कैद र जरिवाना ठहर भएपछि शाही फरार थिए । 

पक्राउ परेका शाहीलाई प्रहरीले अदालतमा पेश गरी कैदी पूर्जी जारी गरी कैद भुक्तानका लागि कारागार चलान गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ