arrow

बाढी पहिरो पीडितहरूको लागि सरकारले विशेष राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
duba-pack.JPG

पाँचथर । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो पीडितका लागि सरकारले विशेष राहत प्याकेज ल्याउने बताएका छन् । पाँचथरको राँके बजारमा आइतबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै देउवाले सरकारले यस अघि नै राहत घोषणा गरेकोमा थप प्याकेज ल्याउने बताएका हुन् ।

अल्पकालीन, दीर्घकालीन राहत प्याकेज ल्याउने उनले बताए । मन्त्रीपरिषद्को बैठक राखी राहत प्याकेज घोषणा गर्ने उनको भनाई थियो । पाँचथर र इलामको विभिन्न पहिरो प्रभावित क्षेत्रको भ्रमण गरेर देउवा राँके आई पुगेका थिए ।

पाँचथरको चिसापानी पञ्चमीमा पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी देउवा राँके आई पुगेका थिए । पाँचथर लगायतका जिल्लामा बेमौसमी झरीका कारण ठुलो क्षति पुगेको भन्दै देउवाले राहत, पुनः स्थापनाका कार्यक्रम ल्याउने देउवाको भनाई थियो । सबैभन्दा बढी पाँचथरमा क्षति भएको बताउँदै देउवाले सरकारले समस्या बुझेकाले विशेष प्याकेज ल्याउने बताएका थिए ।

पहिरो पीडितलाई भेटेका देउवाले सरकारले हरेक हिसाबले सहयोग गर्ने बताएका थिए । पाँचथरमा पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । सयौँ परिवार विस्थापित छन् । 

यस्तै इलाममा १४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । देउवाले इलाम र पाँचथरका पहिरो प्रभावित अन्य क्षेत्रको हवाई निरीक्षण गरेका थिए ।

यस्तै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले नेपाली काँग्रेसको महाधिवेशन चाँडै हुने बताए । अधिवेशन पछि हुने, पछि सर्ने भन्ने नभएको उनले बताए ।

पहिरो पीडितलाई भेट्न आएका देउवाले पाँचथर र इलामका नेपाली काँग्रेसका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ