arrow

मेची राजमार्ग खुल्यो, सवारीसाधन चल्न थाले

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
mechi-highway-panchthar-reopen-kartik-2078.jpg

पाँचथर। गत ४ दिन अघि देखि पहिरोको कारण अवरुद्ध रहेको झापाको-चारआलिदेखि ताप्लेजुङ-सुकेटारसम्म जोड्ने मेची राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध रहेको ताप्लेजुङ–चारआली खण्ड बिहीबार बेलुकाबाट राजमार्ग खुलेपछि सञ्चालनमा आएको हो।

राँकेदेखि फिदिम खण्ड बुधवार राती अबेर सम्म खुलाउनका लागि प्रयास भएको थियो। बिहीबार बेलुकाबाट  ताप्लेजुङ—पाँचथरसम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले जानकारी दिए।

पाँचथर देखि इलामको रक्सेसम्म्मको सडकमा भएको अवरोध पनि खुलेको इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए। उक्त अवरोध हटे सँगै मेची राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको हो।

बाटो अवरोध हुँदा मङ्गलावर रातीदेखि नै यात्रुहरू बिच बाटोमा रोकिएका थिए। यसका साथै तमोर करिडरम, मध्य पहाडी लोक मार्गका विभिन्न सडक अवरुद्ध छन्। ठाउँ ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएपछि दसैँ मान्न आफन्तमा गएका तथा फर्किँदै गरेकाहरू बाटोमा अलपत्र भएका थिए।

ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्न हिँडेका र फर्किएकाहरू हेवाँ खोला र फिदिम लालीखर्कमा बसिरहेका थिए।

पाँचथर सदरमुकाम फिदिम, ताप्लेजुङ सदरमुकाम फुङ्लीङ जोड्ने मुख्य सडकको रूपमा मेची राजमार्ग रहेको छ। वैकल्पिक सडक नहुँदा समस्या भएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ