arrow

चाडबाडका समयमा हुने सवारी दुर्घटना हटाउन केसीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडबाडका समयमा बढ्दो सवारी दुर्घटनाको निवारणमा योजना बद्धरुपमा तत्परता देखाउन आग्रह गरेका छन्।

अध्यक्ष केसीले बुधवार विज्ञप्ति जारी गरी मुगु, कास्की, अछामलगायत जिल्लामा भएको सडक सवारी दुर्घटनामा परी धेरै व्यक्तिको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

चाडपर्वको बेला वा यात्रुको चाप हुने बेलामा वा वर्षा कालमा यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु सवार गराउने, लामो दूरीमा पनि एक जना मात्र चालक राख्ने, पुराना र खराब अवस्थाका सवारी साधन चलाउने, यातायात क्षेत्रका सम्बद्ध निकायले सडक यातायातको राम्रो व्यवस्थापन नगर्ने, सडकको खराब स्थिति वा कच्ची सडकका कारणले बर्सेनि ठुलो सङ्ख्यामा नेपालीले आफ्नो जीवन गुमाउन परेको उनले जनाए ।

“हामी सरकार र सम्बद्ध निकायलाई यसतर्फ गम्भीर रूपमा ध्यानाकर्षण गराउँदै सडक यातायातको क्षेत्रमा हुने समस्याको व्यापक सुधार गरी यस प्रकारका सडक दुर्घटना हटाउन माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “यो कुनै प्राकृतिक विपद् वा दुर्घटना होइन, मानवीय कमजोरी हो । यसलाई हटाउन सकिन्छ र हटाउन पर्दछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ