arrow

दशैंका एक दर्जन जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
card.jpg

दार्चुला । जुवाको खालबाट प्रहरीले नगदसहित १२ जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो जिल्ला सदरमुकाम खलंगाको तिंकरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २ लाख ३७ हजार ३ सय ९७ रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार जुवा खेल्दै गरेको सूचनाका आधारमा छापा मार्दा १२ जुवाडे पक्राउ परेका हुन् । जुवा खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा खटि गएको प्रहरी टोलीले छापा हान्दा जुवाखालबाट नगद २ लाख ३७ हजार ३ सय ९७ रुपैयाँ, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैँचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान बरामद गरिएको जनाइएको छ । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार जुवातास खेल्न–खेलाउन नहुने कसुरमा कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ