जसपाले टुंगायो मन्त्री : प्रधानमन्त्रीलाई बुझाइयो नाम
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
980
Shares
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरेको छ।
जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने भएको हो ।
जसपाबाट श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साह मन्त्री बन्ने तय भएको हो।
जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
जसपा स्रोतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय श्रेष्ठलाई दिने निणर्य भएको जनाएको छ । यस्तै रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय सम्हाल्ने गरी जसपाले निणर्य गरेको हो ।