एमाले केन्द्रीय सदस्य एवम पूर्वसांसद भानुभक्त जोशीले रोजे एकीकृत समाजवादी
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
342
Shares
तस्वीर सौजन्य : हरिहर कार्की
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार जोशीलाई पार्टीमा स्वागत गरेका छन्। जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए । एमाले भित्र विवाद भएको बेला नेपाल समूहमा रहेका जोशी अन्तिम समयमा एमालेमै रहेका थिए।
एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति उनी असन्तुष्ट थिए । पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा तथा संविधान सभा सदस्य भइसकेका छन् । एकीकृत समाजवादीमा आवद्ध भएलगत्तै जोशी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।