arrow

घोरासैनी हत्याका मुख्य योजनाकार पक्राउ

logo
प्रिमेश शिवाकोटी
प्रकाशित २०७८ असोज १९ मंगलबार
Sahadev-dol-prasad.jpg
डोल प्रसाद बोलखे उर्फ सहदेव।

रौतहट। चन्द्रपुर ३ गैडाटार स्थित कालापानी सामुदायिक वन जङ्गलको झाडी भित्र गत भदौ २६ गते रोहिणी प्रसाद घोरासैनीको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । 

फरार रहेका सहदेव भनिने डोल प्रसाद बोलखेलाई काठमाण्डौ प्रहरीको सहयोगमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । 

उनलाई असोज १७ गते काठमाण्डौबाट  पक्राउ गरी  जिल्ला अदालत रौतहटबाट म्याद लिएर  न्यायिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले जानकारी दिए । 

व्यक्तिगत रिसइवीका कारण पैसा तिरेर हत्या गरिएको यो घट्नामा संलग्न गैडाटारकै वर्ष ४५ को प्रल्हाद फुंयाल,जिल्ला सिन्धुली पिपलमाडी गाविस वडा नं ९ घर भई हाल जिल्ला पर्सा, पर्सागढी न.पा वडा नं ३ सृजना टोल बस्ने वर्ष २४ को रमेश पहरी र  जिल्ला नवलपरासी (पुर्वी) कावासोती न.पा.वडा नं.८ बस्ने.बर्ष २३ को सूर्य बहादुर भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ