arrow

साहित्यकार भट्टराई र पत्रकार थापा पुरस्कृत

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
hari-bd-gobinda-bhattarai.jpg.jpeg
काठमाडौं। नेपाली भाषा, साहित्य र पत्रकारिताको  समृद्धि र यस क्षेत्रसँग सम्बद्ध व्यक्तित्व र संस्थाको  सम्मान गर्ने उद्देश्यले स्थापित यस प्रतिष्ठानले विक्रम सम्वत २०७३ सालको दधिराज सुवेदी साहित्य र पत्रकारिता पुरस्कारको घोषणा गरेको व्यहोरा सहर्ष जानकारी गराउँदछु । 
 
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले २०७३ सालको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार, साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गर्ने भएको छ। यसैगरि प्रतिष्ठानले २०७३ सालको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गर्ने भएको छ। 
 
समालोचना, निबन्ध र आख्यान विधामा लामो समयदेखि सिर्जनशील रही नेपाली साहित्यलाई अनुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पुर्‍याई नेपाली भाषा साहित्यको समृद्धिका लागि विशेष योगदान दिएका भट्टराईलाई एकाउन्न हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार दिइने प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले बताए। भट्टराईका उपन्यास, नियात्रा, निबन्ध, कविता, समालोचना अनुवाद र सम्पादन समेत गरी पचासभन्दा बढी कृति प्रकाशित छन्। 
 
यसै गरी पत्रकारिताको क्षेत्रमा समर्पित रही नेपाली पत्रकारितालाई मर्यादित बनाउँदै लामो समयदेखि सूचना सम्प्रेषणको स्वतन्त्रता, निष्पक्षता र पत्रकारिताको समृद्धिका लागि विशेष योगदान दिएका थापालाई पचीस हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार दिइने अध्यक्ष पोखरेलले बताए। कान्तिपुर दैनिकका समाचार सम्पादकका रूपमा कार्यरत थापाका पत्रकारिता विषय लगायतका आठ कृति प्रकाशित छन्। 
 
प्राज्ञ, साहित्यकार, पिता दधिराज सुवेदीको सम्मानमा सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले पन्ध्र लाख रुपैयाँको अक्षय कोषमा राखेकाले सोको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने छ। पुरस्कार आगामी असोज महिनामा विशेष समारोहकाबीच विराटनगरमा समर्पण गरिने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ