arrow

माधव नेपाल विरामी, राजनीतिक भेटघाट स्थगित

पीसीआर रिर्पोट नेगेटिभ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
madhav-kumar-nepal-ncp-socialist.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल  विरामी परेका छन् । नेपाललाई रुघा खोकी, ज्वरो आउने र शरीर दुख्ने समस्य देखिएको छ ।

युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राईका अनुसार नेता नेपाललाई कोरोनाको जस्तै लक्षण देखिए पनि पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

नेपाल घरमै आराम गरिरहेका छन् । नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरुले ब्यवस्थापन गरिरहेका छन्।

नेपालको स्वास्थ्यमा समस्या देखिएसंगै पार्टीका बिभिन्न कार्यक्रमहरु स्थगित गरिएको छ । नेपालसंगै उनकी पत्नी गायत्रीलाई पनि उस्तै लक्षण देखिएको नेपालको सचिवालयले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ