arrow

नारायणहिटीबाट श्रीपेच चोर्ने प्रयास, एक युवक नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
narayanhiti-palace.jpg

काठमाडौँ । नारायणहिटी दरबार संग्राहलयबाट पूर्व राजाले लगाएको श्रीपेच चोर्ने प्रयास भएको छ ।

नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको श्रीपेच संग्राहलयको अवलोकनमा गएका रुकुमका खिमबहादुर घर्तीले  निकाल्ने प्रयास गरेका हुन् । ती युवालाई संग्राहलयको सुरक्षामा रहेका नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

‘मानसिक अवस्थासमेत ठिक नभएको जस्तो देखिएका युवाले श्रीपेच निकाल्न खोजे, त्यहीँ रहेको खुकुरीले सिसा फोर्ने प्रयास भएको देखियो, तर ती युवाले निकाल्न पाएनन्,’ संग्रालयका एक कर्मचारीले भने ।

उनले श्रीपेच राखिएको कोठामा रहेको खुकुरीले सिसा फुटाएर श्रीपेच चोर्ने प्रयास गरेका थिए ।

संग्राहलय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने श्रीपेच लाउने रहर भएकाले ती युवाले श्रीपेच निकाल्न खोजेका भनेको बताए ।

उनलाई अहिले नियन्त्रणमा राखेर अनुसन्धान थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ