arrow

हामी दलालहरु !

logo
लक्ष्मण अधिकारी।
प्रकाशित २०७३ साउन ३ सोमबार
karmachari_dalal.jpg.jpeg
हामी दलालहरु !
तल्ला घरे साइलो भारतीय दलाल, 
उपल्लो घरे माइलो चाइनीज दलाल
अमेरिका बसेर रमिता हेर्ने म अमेरिकन दलाल 
माझघरे काइलो अरबमै छ, त्यो अरबी दलाल 
लौ जा !! 
 
कोरिया बस्ने झम्केलाल कोरियन दलाल 
जापानमा बस्ने मुकुन्दे जापानीज दलाल
बेलायतमा बस्ने दलबहादुर बेलायती दलाल
जताततै दलाल नै दलाल 
लौ जा !!
 
आफुसँग रिस उठेका सबै दलाल 
प्रस्ताब अस्विकार गर्ने केटी पनि दलाल
केटीको बाउ पनि दलाल, 
तेसको साखा सन्तान सबै दलाल 
लौ जा !!
 
चन्द लाई चन्दा नदिने पनि दलाल 
दिने पनि दलाल, चारैतिर दलाल नै दलाल
लौ जा !
 
नया शक्ती पनि दलाल 
पुराना शक्ती पनि दलाल 
राजा पनि दलाल, प्रजा पनि दलाल 
नेपाली हुन अर्को सर्टिफिकेट चाइने भए देउ
होईन भने तिमी पनि दलाल, म पनि दलाल 
त्यसैले म भन्दै छु हामी सबै दलाल ।
लौ जा !!
 
जर्जिया, अमेरिका। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ