arrow

नेपाल निजामती कर्मचारी सङ्गठनको कार्यालयमा प्रहरीको ताला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
uml-civil-services-union-head-office.jpg

काठमाडौँ। एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनको कार्यालय कब्जा गर्ने क्रममा दुई पक्षको भिडन्त भए पछि उक्त कार्यालयमा अहिले प्रहरीले ताला लगाएको छ। बबरमहल स्थित सङ्गठनको कार्यालयको मूल गेटमै ताला लगाइएको छ र भवन अगाडि  प्रहरीले सुरक्षा गरेको छ।

विधिवत् रूपमा सङ्गठन विभाजन भए पछि सङ्गठनको कार्यालय कसले कब्जा गर्ने भन्ने होडबाजीमा दुवै पक्ष लागेका छन्। कार्यालय कब्जा गर्ने क्रममा साँझ मङ्गलवार सङ्गठनको कार्यालयमा दुई पक्षवीच भिडन्त भएको थियो। उनीहरूलाई केही बेर प्रहरीले नियन्त्रणमा लिएको थियो। मङ्गलवार साँझदेखि उक्त कार्यालय प्रहरीको नियन्त्रणमा छ। कार्यालयभित्र कसैलाई प्रवेश गर्न दिइएको छैन।

उक्त सङ्गठनको जग्गा नेपाल सरकारको हो। २०७१ सालमा नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारसँग भोगाधिकार लिएको थियो। उक्त जग्गामा सङ्गठनले भवन बनाएको छ।

एमाले विभाजन भए पछि एमालेको कर्मचारी सङ्गठन विधिवत् रूपमा दुई टुक्रा भएको छ। एउटा टुक्राको नेतृत्व केदार देवकोटाले गरेका छन् भने अर्को टुक्राको नेतृत्व रेवन्त गौतमले गरेका छन्। दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरेका छन् र एकले अर्कोलाई सङ्गठनबाट निष्कासन गरेको घोषणा गरेका छन्। 

एमालेको कर्मचारी सङ्गठन विभाजन भए पछि आधिकारिक ट्रेड युनियनको अध्यक्षमा दुवै पक्षले आ–आफ्नो दाबी गरेका छन्। केपी ओली निकट कर्मचारीहरूले केदार देवकोटालाई अध्यक्षमा दाबी गरेका छन् भने माधव नेपाल पक्षधरले मोहन घिमिरे आधिकारिक ट्रेड युनियनको अध्यक्ष भएको दाबी गरेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ