arrow

दमकमा जुवा खालबाट नगद सहित १७ जुवाडे पक्राउ 

logo
युवराज रेग्मी
प्रकाशित २०७८ असोज ६ बुधबार
Arrest-Crime.jpg

झापा। झापाको दमक नगरपालिका वडा नं १ स्थित एक घरमा  जुवा खेलिरहेको अवस्थामा  प्रहरीले छापा मार्दा १७ जना जुवाडे  जुवाको खालबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलवार राति करिब साढे ११ बजे जुवाको खालमा इलाका  प्रहरी कार्यालय दमकको टोलीले छापा मारेको थियो।

दमक नगरपालिका १ स्थित हिमाल देवानको घरमा छापा मार्दा १७ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमा झापा भद्रपुर न.पा. वडा नं ७ का युवराज न्यौपाने, भद्रपुर ९ का दिलबहादुर राई, बिर्तामोड न.पा. वडा नं १ बस्ने तिर्थ अधिकारी, भद्रपुर न.पा. वडा नं १० बस्ने ठाकुरप्रसाद निरौला, गौरादह न.पा. वडा नं ५ बस्ने हरि कोइराला, कमल गा.पा. वडा नं ४ बस्ने सुबिन्द्र सुब्बा, कन्काई न.पा. वडा न. ३ बस्ने मोहन बराल र सुनिल साह, मोरङ ग्रामथान गा.पा. वडा नं ४ बस्ने लक्ष्मीप्रसाद अधिकारी, सोही गाउँपालिका ५ बस्ने वर्ष ४२ को नैनकुमार चौधरी, सोही गाउँपालिका ६ बस्ने रुपेश तामाङ, पथरी शनिश्चरे न.पा. वडा नं ४ बस्ने बलराम बस्नेत, सोही नगरपालिका १ बस्ने गंगाराम मगर, बेलबारी न.पा वडा नं ११ बस्ने निशान पोखरेल, दमक नगरपालिका वडा नं.७ वस्ने कर्ण राई र राजन दाहाल र दमक ३ बस्ने विनोद थेबे रहेका छन्।

उनीहरूको साथबाट १६ थान कौडा र ४ लाख २७ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ