arrow

साढे पाँच किलो गाँजासहित शुभकुमार पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
Arrest-Crime.jpg

लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका–६ बसविट्टा चोकबाट प्रतिबन्धित लागुऔषध गाँजा पाँच किलो २२३ ग्राम र दुई पिस नाइट्रोभेट ट्याबलेटसहित धनुषाको सवैला नगरपालिका–१३ तिरतपुर निवासी २६ वर्षीय शुभकुमार महतोलाई पक्राउ गरेको हो ।

भारतीय सीमातर्फ गइरहेको ज११प १७४३ नंको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकल चालक महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ