arrow

राति श्रीमान्–श्रीमतीबीच झगडा बिहान श्रीमती र छोराको शव बरामद 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७८ असोज ४ सोमबार
death-1618215084.jpg
सांकेतिक तस्विर ।

जनकपुरधाम। धनुषामा  राति श्रीमान्–श्रीमतीबिच झगडा भएपछि बिहान  आमा र छोराको शव घर नजिकैको पोखरीमा फेला परेको छ। सोमबार धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर टोल बस्ने स्थानीय राजेन्द्र सिंहकी बुहारी २५ वर्षीय अर्चना सिंह र उनको छोरा ३ वर्षीय  कुश सिंहको  पोखरीमा लास फेला परेको हो ।

घर नजिकै रहेको पोखरीमा  बिहान स्थानीयले पोखरीमा आमा छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थियो। इलाका प्रहरी कार्यालय धनुषाधामको टोली घटनास्थल पुगेर पोखरीबाट दुई जनाको  शव निकालेको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए । 

स्थानीयका अनुसार, राति श्रीमान्–श्रीमतीबिच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको प्रारम्भिक अनुमान प्रहरी गरेको स्रोतले जानकारी  दियो।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको  र शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको प्रहरी निरीक्षक ठाकुरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ