arrow

अमेरिकी विदेशमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
America-2014.png.png

काठमाडौँ । नेपालको संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुभकामना व्यक्त गरेका छन् ।

 विदेशमन्त्री ब्लिङ्केनले आइतवार दिएको शुभकामना सन्देशमा अमेरिकी सरकार र अमेरिकी नागरिकका तर्फबाट नेपाल र नेपाली नागरिकलाई संविधान दिवसका अवसरमा शुभकामना र बधाई व्यक्त गरेका छन् । 

सन्देशमा उनले दुई देशले विगतदेखि समान प्रकृतिका चुनौतीको सामना गरिरहेको स्मरण गर्दै विशेष गरी कोभिड–१९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गरेको उल्लेख गरेका छन् । 

सन्देशमा भनिएको छ, “झण्डै ७५ वर्ष लामो कूटनीतिक सम्बन्धमा हामी हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको यो सम्बन्धको खुलेर प्रशंसा गर्न चाहन्छौँ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ