arrow

स्वच्छ पशुपति अभियान सर-सफाइबाट सुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २ शनिबार
pashupati-sarsafai.JPG

काठमाडौँ । स्वच्छ पशुपति अभियान २०७८ सुरु भएको छ । अभियानको पहिलो दिन शनिवार बिहान पशुपति क्षेत्रको हंस मण्डपदेखि सरसफाइ गर्दै अभियानको सुरुवात भएको हो ।  डा.श्याम खड्काको संयोजकत्वमा भएको सरसफाइ कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

No description available. 

कार्यक्रममा चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का लगायत अन्य थुप्रै चर्चित कलाकारहरू समेत सरसफाइमा सहभागी भएका थिए । सरसफाइ कार्यक्रममा बागमती सरसफाइ अभियन्ता डा. माला खरेल लगायत अभियन्ताहरू तथा स्थानीय क्लब तथा युवाहरूको उल्लेख्य उपस्थिति थियो ।  

पशुपति मन्दिरको सरसफाइमा गर्न सबै भक्तलाई सहभागी हुन अनुरोध गर्दै आगामी दिनमा वृक्षारोपण जस्ता हरियाली प्रवर्द्धन गर्ने योजना रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जनाए ।  

No description available.

पशुपतिमा सफा गर्न पाउनु ठुलो भाग्य रहेको भन्दै वरिष्ठ अभिनेता शिव श्रेष्ठले  खुसी व्यक्त गरे । उनले सम्पूर्ण नेपालीहरूले सम्पदा जोगाउने अभियानमा साथ दिन समेत अनुरोध गरेको छन् । 

सरसफाइ कार्यक्रम आगामी शनिवार पनि बिहान ७:३० बजेदेखि सुरु हुने कार्यक्रममा संयोजक डा.श्याम खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ