arrow

रडले हानेर ५९ वर्षीय कान्छाको हत्या

logo
रासस,
प्रकाशित २०७८ असोज २ शनिबार
murder.jpg
फाइल तस्बिर

चितवन। पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रवार राति ९:४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन्। प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गर्नुपरेको उनले जानकारी दिए।

सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको उनले जानकारी दिए। खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले बताए। राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ