रुस नेतृत्वको सुरक्षा समूह अफगानिस्तानको सीमा नजिक सुरक्षा गतिविधि बढाउँदै
एएफपी,
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
672
Shares
ताजिकिस्तान । रूसको नेतृत्वमा रहेको एक सुरक्षा समूहले अर्को महिनादेखि ताजिकिस्तानमा छिमेकी अफगानिस्तानमा सुरक्षा स्थिति बिग्रदै गएको सन्दर्भलाई ध्यानमा राख्दै ठूलो सैन्य अभ्यास गर्ने योजना बनाएको छ।
यस क्षेत्रको एक शक्तिको रूपमा रूस अफगानिस्तानमा तालिबानको कब्जा र अमेरिकाको आकस्मिक फिर्तीपछि आफ्नो राजनीतिक स्थान पक्का गर्न चाहन्छ।
मस्को नेतृत्वको सामूहिक सुरक्षा सन्धि संगठनका महासचिव स्टेनिस्लाव जासका अनुसार यस समूहले पूर्व सोभियत राज्यमा धेरै "ठूलो मात्रामा अभ्यास" गर्ने छ।
ताजिकिस्तान रुसको नेतृत्वमा रहेको-सदस्यीय समूहमध्ये अफगानिस्तानसँग सीमा जोडिएको एक मात्र देश हो। जासले भने- यस किसिमको सुरक्षा शृङ्खला अभ्यास यो वर्ष सबैभन्दा ठूलो हुनेछ।उनकाअनुसार यस समूहले अफगानिस्तानमा "उत्तेजना" को स्थिति पैदा हुनसक्ने आकँलन गर्दै ताजिकिस्तानको सुरक्षा सुनिश्चित गर्न "सामूहिक उपाय" अवलम्बन गरेको छ।सीएसटीओले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानको सुरक्षा बिग्रेकाले चिन्तित हुनुपरेको जनाएको छ।
रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले तालिबानका कट्टरपन्थी समूहहरूलाई अफगानिस्तानका छिमेकीहरूमाथि हमला नगर्न आग्रह गर्दै तालिबानको त्यस किसिमको प्रतिबद्धताहरू पूरा भए नभएको बारे अनुगमन गरिरहेको छ।
रुस र चीनसँग सम्बद्ध देशहरू यस हप्ता ताजिकिस्तानमा अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाको बारेमा केन्द्रीत भएर निरन्तर छलफलमा जुटेका छन् ।
तालिबानले काबुलमा केन्द्रीत भएर हमला बढाएपछि रूसले पछिल्ला महिनाहरूमा मध्य एशियामा सैन्य अभ्यास बढाएको छ।