arrow

मोरङमा बढ्यो लागु औषधको कारोबार : दाजुभाइ सहित तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
morang-laguausad.JPG

मोरङ संवाददाता । मोरङको बेलबारी नगरपालिका भित्रका केही होटलमा अवैध लागु औषधको कारोबार हुने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले गाँजा कारोबारीसहित तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले अवैध गाँजाको कारोबारी गर्ने बेलबारी १ का २३ वर्षीय सन्तोष राई, सोही ठाउँका ३२ वर्षीय ज्ञानबहादुर राई र धनकुटाका २६ वर्षीय महेश्वर राईलाई मङ्गलवार १९ केजी ६ सय ५० ग्राम गाँजासहित पक्राउ गरेको छ । 

पक्राउ परेका मध्ये मुख्य कारोबारी सन्तोष रहेको खुलेको छ । सन्तोष र ज्ञानबहादुर दाजुभाइ हुन् । दाजु ज्ञानबहादुरको बेलबारीमा ग्रिन कटेज नाम रहेको होटेल रहेको छ । उक्त होटलमा गाँजाको गोप्य रूपमा कारोबार हुने गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।

भाइ सन्तोषले दाजु ज्ञानबहादुरलाई गाँजा दिने र कुलतमा लागेकाहरूलाई बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । सन्तोषले माग अनुसार पूर्वी सहरमा मात्र नभएर भारतसम्म गाँजा सप्लाइ गर्ने गरेको बुझिएको छ । पक्राउ परेका मध्ये महेश्वरले सन्तोषले मगाएको गाँजा ल्याइदिने गरेको कारणले प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । ‘जति पनि पूर्वी सहरमा गाँजाको माग हुन्छ । सन्तोषले राम्रो पैसा लिएर पुर्‍याउने गरेको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

प्रहरीका अनुसार महेश्वरले प्रतिकेजी १० हजारमा धनकुटादेखि खरिद गरेको गाँजा सन्तोषले तराइमा ल्याएपछि २० देखि २५ हजार केजीसम्म बिक्री गर्ने गरेका छन् । सन्तोषले ठुलो परिमाणमा खरिद गर्नेलाई बिक्री गर्दै आएका थिए भने दाजु ज्ञानबहादुरले खुद्रामा होटेलमार्फत प्रयोगकर्ताहरूलाई गाँजा बिक्री गर्दै आएका थिए । प्रयोगकर्ताहरूलाई ज्ञानबहादुरले ग्रामको प्याकेट बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । 

उनले होटेलदेखि १ सय ग्रामदेखि २ सय ग्रामसम्मको प्याकेट बनाउने गरेका थिए । उनले प्रयोगकर्ताहरूलाई प्रतिग्राम २ सय देखि ३ तीन सय रुपैयाँसम्म बिक्री गर्दै आएको सुरक्षास्रोतले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका तीनै जनालाई बुधवार मोरङ अदालतमा लागु औषध मुद्दामा म्याद थप गर्न ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ