पोखरा । पोखरामा पाँच जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं। १ सिम्पानीबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले आइतबार दिउसो फूलकुमारी गर्वुजाको कोठाबाट उनीहरूलाई रंगेहात पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको बताइन्छ ।