arrow

शेयर बजारमा समस्या देखिएपछि अर्थमन्त्रीले गभर्नरसँग गरे कुराकानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
janardan-sharmas.JPG

काठमाडौँ । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण जनाएको छ ।
 
राष्ट्र बैङ्कद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् । 

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थिबतिलाई सहज बनाउन आग्रह गरेका थिए । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्न भनेका छन् । 
 
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ