तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच सर्त
सिन्ह्वा
प्रकाशित २०७८ भदौ १९ शनिबार
987
Shares
फाइल तस्बिर
स्लोभानिया। युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा सर्त अघि सारेका छन्। युरोपेली युनियनका विदेश मन्त्रीले ती सर्त राखेका हुन्। स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेश मन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ।
उक्त बैठकपछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका हुन्। उनले युरोपियन युनियनका विदेश मन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती सर्त राखेको बताए।
उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतङ्कवादी उत्पादन केन्द्रजस्तो गरी अरू देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ।
त्यस्तै अर्को सर्तका रूपमा उनीहरूले मानवअधिकारलाई पनि अघि सारेका छन्। अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो सर्तमा अघि सारिएको छ।
यी सर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेश मन्त्रीले जनाएका छन्।