arrow

बालुवाटारमा देउवा र प्रचण्डबिच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
Deuba-prachanda.jpeg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटघाट भएको छ । 

सत्ता गठबन्धनका शीर्ष दुई नेताबिच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसै गरी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबिच पनि भेटघाट भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटघाटमा उनीहरूबिच सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ