एकीकृत समाजवादी माओवादी केन्द्रसँग विलिन हुँदैन्, ओलीले कु-प्रचार मात्र गरेका हुन् : माधव नेपाल
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
1.2k
Shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै उनले ‘मन्त्रिपरिषद विस्तार २२/२३ गतेसम्म हुँदैन् । त्यसका लागि छलफल भइरहेको छ ।’
नेपालले माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको पनि स्पष्ट पारेका छन् । उनले भने,‘क्रान्तिकारी विचारको आधारमा निर्माण भएको पार्टी माओवादी केन्द्रसँग विलीन हुन्छ भनेर भ्रम नछर्न अनुरोध गर्दछु ।’
केपी ओलीको निरंकुशता विरुद्ध र क्रान्तिकारी विचारका आधारमा निर्माण भएको पार्टी अन्य पार्टीसँग विलिन नहुने स्पष्ट पारेका हुन् । आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेकोप्रति असन्तुष्टी पनि जनाए । अध्यक्ष नेपालले ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेशसभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरेका छन् ।