arrow

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
death-1618215084.jpg

पोखरा । धादिङमा आज बिहान करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीका २४ वर्षका उमाकान्त बराल र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ७ का २७ वर्षका विमल परियार रहेका छन् । 

यसैगरी सो घटनामा पोखरा २२ का भुवन बराल गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । मृत्यु भएका दुवै जनाको शव गजुरी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी युवराज खड्काले जानकारी दिए ।

आज बिहान ७ बजेतिर धादिङको गजुरी गाउँपालिका वडा नं. ५ बञ्चरे (धारापानी) मा एनसेलको तार तान्ने क्रममा उनीहरूलाई करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो । 

अविरल वर्षाका कारण पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको डिएसपी खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ