arrow

प्रदीप नेपालले छाडे माधव नेपालको साथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
pradeep-nepal.jpg

काठमाडौं । नेता प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी) बाट बिदा लिएको घोषणा गरेका छन् । उनले माधवकुमार नेपालले झेली कुरा गरेको र बारम्बारको कुराकानीमा जबज नहुने भए नाम नलेख्न भनेकोमा माधव नेपालले आफूलाई धोका दिएको उनले बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)लाई वैधानिकता दिनका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका नेपालले सामाजिक संजालमार्फत आक्रोश पोख्दै विदा लिएको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्,‘माधव कमरेड,  म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ